अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २,६८३.८६ को विन्दुमा पुगेको छ ।
आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस्तै, ९८ कम्पनीको सेयरमूल्य घट्दा ११ को स्थिर छ ।
कारोबार भएका १३ मध्ये आठ समूहको समुहगत परिसूचक घटेको छ भने पाँच वटाको बढेको छ ।
यसदिन सिकलेस, भगवती र रसुवागढी हाइड्रोको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्