site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गल्फर सदभाव र राहुल सम्मानित

काठमाडौं । ३८औँ बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मा सम्मानित भएका छन् ।  नेपाल गल्फ संघले सदभाव र राहुललाई नगदसहित सम्मान गरेको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टंकलाल घिसिङले सम्मान गरे । घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता सदभावलाई नगद ५० हजार प्रदान गरी सम्मान गरे । सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् । बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए ।

Dabur Nepal

सदभावले राहुलसँग मिलेर टिमतर्फको उपाधि पनि जिते । टिममा स्वर्ण जितेका सदभाव र राहुललाई जनही २५–२५ हजारसहित सम्मान गरिएको छ । सदभावले कुल ७५ हजार प्राप्त गरे ।

यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए ।

चारदिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कुल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro