site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको आरोप : प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्‍याए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए ।

अहिलेको सरकार संविधान मिचेर बनेको प्रचण्डको आरोप छ । उनले पुनः एकपटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरे । प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए ।

Dabur Nepal

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए । उनले शान्ति सम्झौताका पक्षधर दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने उल्लेख गरे । देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरू मिलेर जानुको विकल्प नरहेको जिकिर प्रचण्डको छ ।

ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको उनले बताए । संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्‍याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए ।

"जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहीँ अब विस्तारै मानिसहरूको मनमा आउँदैछ । हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निक्ष्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् । तर जनतामा देखिएको निराशा, असन्तुष्टि, युवाहरूमा देखिएको फ्रस्टेसन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो," उनले भने ।

उनले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको उनले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro