site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड भन्छन्– मलाई छुने, हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षितको लर्को लागेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

शान्ति प्रक्रियामा आएपछि पार्टीले तीन निर्वाचन लडिसकेको र हाल माओवादी केन्द्र नयाँ संश्लेषण र शक्तिका रूपमा देशभर छाएको उनले जिकिर गरे । “...तपाईंहरूले देख्नुभएको छ । पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गए पनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ,” उनले भने ।

आफूलाई ०६४ सालमा जनताले छुन पाए हुन्थ्यो भन्ने आस गर्ने गरेको उनले उल्लेख गरे । हाल पुनः त्यस्तै अवस्था आएको उनले बताए । देश दौडाहाका क्रममा साथमा तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरू बढिरहेको महसुस गरेको उनको भनाइ थियो ।

“०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवायुवती, बच्चाबच्ची एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो । बीचमा उस्तैउस्तैजस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो,” उनले भने ।

उनले अगाडि भने, “अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु ।”

एक भएर अगाडि बढेको खण्डमा ०८४ सालको निर्वाचन परिणाम माओवादीका पक्षमा हुने उनले बताए । माओवादीहरू देश परिवर्तनको संवाहक भएको उनको कथन थियो । न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro