site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगरमा जेठ २३ र २४ मा पालिका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । जेठ २३ र २४ गते विराटनगरको वीरेन्द्र सभा गृहमा सम्मेलन आयोजना हुने बुधबार पत्रकार सम्मेलन गरी महानगरले जानकारी दिएको हो । 

सम्मेलनमा देशभरका २९१ महानगर, नगरपालिका र गाउँपालिकाका उपप्रमुख/उपाध्यक्षहरू सहभागी हुने विराटनगरमा मेयर नागेश कोइरालाले बताए ।

Argakhachi Cement Island Ad

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मेयर कोइरालाले यस प्रकारका कार्यक्रमले प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुधार गर्न मद्दत पुग्ने र पालिकाको असल अभ्यास आदानप्रदान हुने बताए ।

कार्यक्रममा करिब ४२ लाख रुपैयाँ खर्च हुने र कोसी प्रदेश सरकारले १० लाख सहयोग गरेको कोइरालाले बताए । बाँकी खर्च महानगरको स्रोतबाट व्यवस्थापन हुनेछ ।

सम्मेलनमा १३६ पालिकासहित, सबै महानगरपालिका र उपमहानगरपालिका, प्रदेश र जिल्लाको प्रतिनिधित्व हुने गरी निमन्त्रणा पठाइएको बताइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा उपप्रमुखहरूको भूमिका, प्रगति, र अनुभव साटासाट गर्ने फरक फरक सत्र हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्