site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अटोट्युन नचलाउने हो भने अहिलेका धेरै गायक/गायिकाले गाउनै सक्दैनन्’

काठमाडौं । संगीतकार अर्जुन पोखरेलले पछिल्लो समय गायक/गायिकाले साधनामा ध्यान दिन छोडेको बताएका छन् । रेकर्डिङ र स्टेज कार्यक्रममा केन्द्रित हुने तर साधनामा समय नदिने प्रवृत्ति बढेको उनको भनाइ छ । 

अटोट्युन सफ्टवेर नभए अहिले बजारमा चलेका धेरै गायक/गायिका गायनमै नरहने उनको दाबी छ । थोरै गडगिफ्टेड टोन भएका र औसत स्वर भएका गायक/गायिका नै अहिले बजारमा व्यस्त भएको उनको भनाइ छ । 

“थोरै गडगिफ्टेड टोन भएका औसत स्वर भएका गायक/गायिकाको स्वरमा अहिले प्रविधिले साधना गर्छ । उनीहरूको स्वरमा अटोट्युन लाग्छ,” अर्जुन टिप्पणी गर्छन्, “म आफैँ पनि गायक हुँ । मेरो श्रीमती पनि सिंगर हो, त्यसैले म कसैलाई नराम्रो भन्दिनँ । स्टुटियोमा गाउँदा उहाँहरूको स्वर जहाँ अटोट्युन लाग्छ त्यहाँको आउटपुट र स्टेजमा गाउँदा कस्तो सुनिन्छ, त्यहाँबाटै थाहा हुन्छ ।” 

स्टेज र स्टुडियोको स्वरमा आकाश जमिनको फरक सुनिनुको कारण नै गलाले नभएर प्रविधिले साधना गर्नु रहेको उनको टिप्पणी छ । 

स्टुडियोमा हरेक शब्दको टेक लिएर ट्युनिङ गर्ने हुनाले राम्रो सुनिने तर स्टेजमा वास्तविक स्वर आउँदा नराम्रो सुनिने गरेको उनको भनाइ छ । 

“महोत्सवमा उनीहरूले गाएको हेर्नुस् न, त्यहीँ छ नि जवाफ । प्रस्ट देखिन्छ, प्रविधिले साधना गरिरहेको छ कि गलाले । यस्ता गायक/गायिका को–को हुन् भनेर मैले नाम भन्नै पर्दैन,” अर्जुन भन्छन्, “स्टुडियोको आउटपुट र त्यही गीत उहाँहरूले स्टेजमा गाएको सुन्नुस्, आकाश–जमिनको फरक छ ।”

स्टुडियोमा एकएक शब्दको टेक लिएर अटोट्युन चलाएर गाउनेको परिणाम नेपाली सांगीतिक क्षेत्रमा देखिइरहेको अर्जुन सुनाउँछन् । 

पहिलाको जस्तै म्युजिक ट्रयाकमा लाइभ रेकर्डिङ गर्ने हो भने अहिले चलिरहेका धेरै गायकगायिका नै नहुने उनको निष्कर्ष छ ।

“एउटै मान्छेले एक दिनमा ८/१० वटा गीत गाउनुपरेको छ । एउटै मान्छेले एकैदिन ७/८ ठाउँमा अन्तर्वार्ता दिनुपरेको छ । एउटै मान्छेले एकैदिन २/३ वटा महोत्सव भ्याउनुपरेको छ,” अर्जुन भन्छन्, “उसलाई रियाज गर्ने फुर्सद नै छैन । धेरै सिंगरलाई रियाज गर्ने फुर्सद छैन । जो रियाज गरेर बसेको छ, ऊ पछि परिरहेको छ ।”

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro