राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग बोल्दै लामिछानेले भने, "चितवन देवभूमि हो, परिवर्तनको सुरुआत यहीँबाट हुन्छ ।"
उनले जालझेलपूर्ण ढंगले सांसद पद निलम्बन गरेकोमा आक्रोश व्यक्त गर्दै चितवनले परिवर्तन जन्माउन खोजेको बताए ।
"यो एउटा प्रसव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । यो पीडामा कोही रुनु पर्दैन," उनले भने, "परिवर्तनको जन्म भएरै छाड्छ ।"
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १९:५३
प्रतिक्रिया दिनुहोस्