site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको स्पष्टीकरण : अध्यादेश अध्ययन हुँदै छ, भ्रमित नहुनुहोस्
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको अध्यादेशबारे अध्ययन भइरहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले अध्यादेशबारे थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जनाएको छ ।

"प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेशलाई पेस नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्रहित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौँ," पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यादेशको सम्बन्धमा पार्टीलाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा सूचना आधारहीन र तथ्यहीन भएको जसपाले स्पष्ट पारेको छ । साथै, भ्रमित नहुन पनि आग्रह गरेको छ ।

"अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचनाहरू आधारहीन, तथ्यहीन र भ्रामक रहेकोले त्यस्ता गलत र गैरजिम्मेवार सूचना र समाचारको पछि नलाग्न आमजनता, पार्टीपंक्ति र सञ्चारमाध्यमलाई हार्दिक अनुरोध गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

जसपाले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष यादवलाई राय सुझावसहितको प्रतिवेदन बुझाएको छ । सांसदहरूलाई अध्ययनका लागि सो प्रतिवेदन समेत दिइएको छ ।

बिहीबार दिउँसो नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपा नेपालका अध्यक्ष यादवले भेट गरेका थिए । भेटमा दुई नेताले अध्यादेशमा सहयोग गर्न यादवलाई आग्रह गरेका थिए । उनले छलफलबाट निष्कर्ष निकालिने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro