अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार ११.६४ अंकले घटेको छ । नेप्से ०.४२ प्रतिशतले घटेर २,६९९.८१ को विन्दुमा पुगेको छ ।
आज नौ अर्ब २४ करोड ७३ लाख रुपैयाँमा एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको छ । बुधबार आठ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ७४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १६० कम्पनीको सेयरमूल्य घट्दा नौ कम्पनीको मूल्य स्थिर छ ।
सबैभन्दा धेरै कमाउनेमा उपर लोहोरे खोला हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्