site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवा विमानस्थल पुनः चलायमान, बिहीबार मात्रै ४५२ अन्तर्राष्ट्रिय यात्रु आवातजावत

काठमाडौं । नयाँ प्रविधि जडान गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) पुनः चलायमान भएको छ । विमानस्थलप्रमुख प्रतापबाबु तिवारीका अनुसार बिहीबार ४५२ यात्रुले आवातजावत गरेका छन् ।

तिवारीका अनुसार जजिरा एयरले १०२ यात्रु बोकेर अवतरण गरी १४९ यात्रु लिएर गएको छ । थाई एयर एसियाले १२८ यात्रु लिएर उडेको छ । यस्तै फ्लाई दुबईले ४४ यात्रु अवतरण गरी २९ यात्रु बोकेर गएको छ ।

माघ १० गते नयाँ प्रविधि जडान गरेपछि बीचमा उडान रोकेका कम्पनीले पनि भैरहवा उडान गर्न थालेका छन् । कात्तिकमा उडान सुरु गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीले भिजिबिलिटी समस्या देखाएर उडान रोकेपछि भैरहवामा आरएनपीएआर प्रणाली जडान गरेको थियो । 

रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि ९०० मिटर भिजिबिलिटीमा समेत उडान/अवतरण गर्न सकिनेछ ।

आरएनपीएआर प्रविधिपछि भिजिबिलिटीको समस्या हल भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro