राजनीति
काठमाडौं । राष्ट्रिय सभा बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन् ।
बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छिन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे ।
राष्ट्रिय सभाको अर्को बैठक आइतबार बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १४:०८
प्रतिक्रिया दिनुहोस्