site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार दिउँसो ३ बजे बस्नेगरी सर्वदलीय बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ ।

Argakhachi Cement Island Ad

प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भइ प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले जानकारी दिए ।

प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा सरकारद्वारा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो ।

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्