site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गोदावरीमा अन्तर विद्यालय सेभेन 'ए' साइड फुटबल हुँदै

ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिकास्तरीय अन्तर विद्यालय सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियफोगिताको तयारी पूरा भएको जनाएको थियो । यस्तै, हिजो नै टाइसिट पनि ड्र गरिएको थियो ।

Dabur Nepal

१७ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह 'बी'मा पाँच टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम छन् । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाभित्रका विद्यालयहरूमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्वखेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए ।

यसैगरी, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।

१७ वटा टिमको समूह विभाजन
समूह 'ए'मा इन्द्रेणी स्कुल, टीका भैरव बोर्डिङ स्कुल, एभरेस्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल । समूह 'बी'मा नेवा स्कुल, वशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल । समूह 'सी'मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल । समूह 'डी'मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही पाँच हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद पाँचहजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए । प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro