site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेता राजबल्लभको कविता संग्रह ‘औरा’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले कविता संग्रह निकालेका छन् । कोइरालाले शनिबार पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका हुन् । उनले कृति छोरीलाई उपहारस्वरुप तयार गरेको जानकारी दिए ।
 
“कोभिड पछाडि हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ भन्ने महसुस भयो । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,”  अभिनेता कोइरालाले विमोचन समारोहमा भने । 
  
पुस्तकको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभूषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विमोचन गरेका थिए । 

पार्श्व संगीतसहित कविता वाचनको शृंखलासहित सम्पन्न कार्यक्रममा कवि विप्लव प्रतीकले अभिनेता कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरेका थिए । उनले संग्रहमा रहेका केही कविताको वाचन गर्दै कविता हतारमा नभई समय लिएर पढ्ने साहित्य भएको बताएका थिए ।

“यो कवितामा १११ वटा कविता छन् । यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । राजका कविता छोटा छन् तर प्रभावशाली छन्,” उनले ठट्टा गर्दै अगाडि थपे, “यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ । उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोग संगम भेट्न सकिन्छ ।”

निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रुपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको बताइन् । चलचित्रमा निरन्तर देखिन सुझाव दिएकी थिइन् । 

कार्यक्रममा  दिलभूषण पाठकले संग्रहभित्र समेटिएका केही कवितावाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरे । 

प्रकाशकको तर्फबाट बोल्दै अश्विनी कोइरालाले लामो मेहनतपछि संग्रह तयार भएको बताए । शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैँयाँ रहेको प्रेस नोटमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro