site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले जिम्मेवारीमा निरन्तरता नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै प्रशिक्षक देसाईसँगको सम्झौतालाई नवीकरण नगर्ने निर्णय भएको जनाएको छ ।

“नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा श्री म्रुगंग जगदीश देसाई ‘मोन्टी देसाई’लाई दुई वर्ष कार्यकाल रहने गरी नियुक्त गरिएकोमा निजको सम्झौता सकिएको अवगत नै छ । साथै, नेपाल क्रिकेट संघले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देसाई दुईवर्षे सम्झौतासहित नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । आईसीसी विश्वकप लिग–२ २०१९–२३ को अन्तिम १२ खेल बाँकी हुँदा देसाई नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । देसाईको आगमनपछि नेपाली टिमले यो प्रतियोगिताका १२ मध्ये ११ खेल जित्दै एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

देसाईकै प्रशिक्षणमा नेपालले सन् २०२३ को एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । यस्तै, घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro