site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले संसद्को अपमान गर्‍यो : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारले ३१ कानुन अध्यादेशमार्फत संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अध्यादेश ल्याउन संविधानले नरोकेको भए पनि सरकारले संसद्कै अपमान हुने गरी काम गरेको आरोप लगाए ।

अध्यादेश लोकतान्त्रिक मूल्य–मान्यतालाई अगाडि बढाउने हिसाबको नरहेको र यसको प्रक्रिया नै गलत रहेको उनले जिकिर गरे । एक सातामा ‘फास्ट ट्रयाक’मा संसद्बाटै कानुन बनेको नजिर रहेको उनले उल्लेख गरे ।

नेता पौडेलले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक सरकारले फिर्ता लिएर पुनर्लेखन गरिनुपर्नेमा जोड दिए । उक्त विधेयकमा नियमन गर्नेतिरभन्दा पनि तर्साउनका निम्ति दण्डको व्यवस्था गरिएको उनले आरोप लगाए ।

उनले आफूहरूले सरकार ढाल्ने कुनै पनि वार्ता र ‘लबिइङ’ नगरेको स्पष्ट पारे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro