site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहको भन्दा पहिला आमनिर्वाचन गर्न कांग्रेस सांसदको माग
कांग्रेस सभापति शेरबहादुर देउवा ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा संघीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरिएको छ । संसद् भवनस्थित ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले संघको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्ने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको भन्दा आमनिर्वाचन अगाडि गर्ने व्यवस्था मिलाउन सांसदहरूले माग गरेको जानकारी दिए । आज सांसदहरूले बोल्ने क्रम सकिएको उनले बताए ।

कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले यही माघ २४ गते पुनः संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्रका विकास निर्माणका विषय उठाएको उनले बताए । बैठकमा पाथीभरा केबलकारका विषयमा पनि सम्बन्धित जिल्लाका सांसदले आफ्ना धारणा राखेका उनले जानकारी दिए ।

श्याम घिमिरेको भनाइ पढ्नोस्–
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्ने गरी हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ताहरूको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । यो संसद्को बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्ने गरी बैठकलाई स्थगन गरिएको छ । अध्यादेशको विषयमा मान्य सदस्यहरूले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र, विकास निर्माणका कुराहरू उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ, त्यसमा पनि प्रश्न उठाउनुभयो । त्यसमा गृहमन्त्रीज्यूले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ, उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनुभयो । आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा अगाडि आमनिर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरूले जोडदार माग उठाउनुभएको छ । न्युज एजेन्सी नेपालबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro