site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिक आतंकित भए : नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् ।

शुक्रबारदेखि सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए । तर, बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको उनले उल्लेख गरे । सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले टिप्पणी गरे ।

उनले सकारात्मक अन्तर्वस्तुलाई प्रहार गर्ने अभिप्रायले संविधान संशोधन गर्न खोजिएको आरोप लगाए । सत्तासाझेदार दलका नेताहरू नै दुईदलीय व्यवस्थाको पक्षमा  खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उनले धारणा राखे ।

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उनले माग गरे । हिमालयन टेली भ्वाइसबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro