site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहिद गंगालालको सम्झनामा ‘क्रियटिभ होराइजन’ कार्यक्रमको आयोजना

काठमाडौं । सहिद गंगालाल श्रेष्ठको सम्झनामा बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरियो । सहिद गंगालाल फाउन्डेसन (एसजीएलएफ) नेपालले सहिद दिवसको अवसरमा काठमाडौंमा ‘क्रियटिभ होराइजन’ कार्यक्रमको आयोजना गरेको हो ।

फाउन्डेसनले ‘क्रिएटिभ होराइजन’ कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विद्यालयका विद्यार्थीहरू माझ कला, निबन्ध, कविता र वक्तित्वकला विधामा प्रतिस्पर्धा गराएको थियो ।

कार्यक्रममा कला, निबन्ध, कविता र वक्तित्वकला प्रतियोगिताका हरेका विधामा पहिलो, द्वितीय र तृतिय हुने विद्यार्थीलाई सम्मानित गरिएको थियो । प्रतियोगितामा १५ भन्दा बढी विद्यालयका एक सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा खोप कलेजका विद्यार्थीले सहिद गंगालाल श्रेष्ठको जीवनीसँग सम्बन्धित ‘गंगालालको चिता’ नाटक देखाएका थिए । नाटकले सहिद गंगालालको जीवन र बलिदानको चित्रण गरेको थियो ।

कार्यक्रममा स्थलमा विद्यार्थीले कोरेका शीर्ष १० चित्रहरू प्रदर्शनमा राखिएको थियो । कार्यक्रममा एक जर्नलको विमोचन गरिएको थियो । कार्यक्रममा पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्धनलाई पनि सम्मानित गरिएको थियो ।

नेपालका शहीदहरूको विरासतलाई संरक्षण गर्दै देशभक्तिलाई प्रेरित गर्ने, सांस्कृतिक जागरूकता बढाउने र युवाहरूलाई सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।

“राणा शासकले गंगालालको ज्यान लिएका थिए । राणा शासन हुकुमी शासन थियो । राणाको अवशेष अहिले पनि छ, परिवारवाद छ,” कार्यक्रमका प्रमुख अतिथि जगमान गुरुङले भने, “क्रान्ति अझै गर्नुपर्छ किनकी पारिवारिक शासन गएको छैन । क्रान्ति अझै सकिएको छैन, छाडातन्त्र बाँकी नै छ ।”

कार्यक्रममा फाउन्डेसनका महासचिव सूर्यद्विप श्रेष्ठले सहिदको सपनालाई सपनामा मात्र सीमित गर्न नुहने बताए ।

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro