site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी सेन्जेन’ सार्वजनिक

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर भएको बताइएको छ । यस जहाजको नौ हजार २०० गाडी बोक्न सक्ने क्षमता रहेको बताइएको छ ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ ।

Dabur Nepal
NIC Asia

यी प्रविधिले ‘बीवाईडी सेन्जेन’लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीले जनाएको छ ।

बीवाईडीले २०२६ सम्म आफ्नो जहाज संख्या आठ पुर्‍याउने योजना बनाएको जानकारी गराइएको छ । जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्‍याउनेछ ।

२०२४ मा बीवाईडीले चार लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठाएको बताइएको छ । जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशतले बढी हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro