site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकारिता क्षेत्र लोकतन्त्रको ‘धर्ममिटर’ : गृहमन्त्री

काडमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । 

नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ भएको बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । 

स्वतन्त्र, व्यावसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उनले बताए । उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए । पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । 

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइन् । पत्रकारमाथि भौतिक सुरक्षा बढ्दै गएको अवस्थामा पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको उनले बताइन् । 

अध्यक्ष शर्माले पत्रकारले समाचार लेखेकै आधारमा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro