site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठगीसम्बन्धी कसुरमा फरार प्रतिवादी पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगीसम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । 

कार्यालयले नुवाकोट जिल्ला ककनी गापा २ घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्ने कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई पक्राउ गरेको छ । 

निजमाथि विभिन्न व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएका सुन, एप्पलको आईफोन र भन्सारका लिलाम हुने स्कार्पियो, क्रेटालगायत गाडी सस्तोमा दिलाइदिने भन्दै ठगी गरेको अभियोग छ । 

आफ्नो तथा आफूले भनेका बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेकोमा निजमाथि ०८१ असोज २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । 

घिमिरेलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।  

निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro