site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफ दोस्रो चरणमा पनि अपराजित

काठमाडौं । राष्ट्रिय महिला लिग दोस्रो चरणको सेकेन्ड लेगमा एपीएफ क्लबले  त्रिभुवन आर्मी क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । यो सँगै एपीएफ प्रतियोगिताको दोस्रो चरणमा पनि अपराजित बनेको छ । यसअघि एपीएफ पहिलो चरणमा पनि अपराजित रहँदै प्रतियोगिताको दोस्रो चरणमा आएको थियो ।

बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ र कप्तान अनिता बस्नेतले गोल गरे । आर्मीबाट अमिषा कार्कीले एक गोल फर्काइन् ।

खेलको २३औँ मिनेटमा रश्मीको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । ३८औँ मिनेटमा अनिताले टोलीको अग्रता दोब्बर बनाइन् ।

अमिषाले ८३औँ मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकिनन् ।

जारी लिगमा एपीएफलले आर्मीविरुद्ध लगातार तेस्रो जित निकालेको हो । यसअघि एपीएफले पहिलो चरणमा २–१ र दोस्रो चरणको पहिलो लेगमा ३–१ को जित दर्ता गरेको थियो ।

प्रतियोगिताको दोस्रो चरणमा लगातार आठौं जित दर्ता गरेको एपीएफ २४ अंकका साथ प्लेअपमा पुगेको छ । आर्मीको समान खेलबाट १६ अंक छ ।

अब क्वालिफायर–१ मा पनि एपीएफ र आर्मी नै प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro