काठमाडौं । इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यसवर्ष पाँच राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीराकुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छन् ।
पाँच आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो ।