site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
फाइल तस्बिर ।

झापा । वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ ।

राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५.८ किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । 

वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्छ । वनको ५१ हेक्टर जग्गामा १३ हजार ८३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र रुख कटानका लागि आयोजना कार्यालयले मन्त्रिपरिषद् र वन विभागसँग अनुमति मागेको थियो ।

मन्त्रिपरिषद्ले गत मंसिर ६ गते मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर गरी कूल ३५ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ । 

वन विभागसँग उक्त जग्गाको सात हजार ६६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढेको दत्तले जानकारी दिए । 

झापाको १० हेक्टर र इलामको ६ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका ६ हजार २७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन । 

भोगाधिकार तथा रुख कटानको फाइल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको आयोजना कार्यालयका सूचना अधिकारी दत्तले बताए ।  

“हालसम्म पनि भोगाधिकार र रुख कटानको अनुमति प्राप्त नहुनु आयोजनाको प्रमुख चुनौती बनेको छ”, उनले भने, “कतिपय पुलको पहुँच सडकको रेखांकनमा वनक्षेत्र पर्ने कारणले निर्धारित समयमा कार्य सम्पन्न हुन सकेको छैन ।”

हालसम्म राजमार्गको ९५.८ किमी लामो पूर्वी खण्ड (झापा, इलाम, मोरङ र सुनसरी)मा ४१.६८ किमी सडक कालोपत्र भइसकेको छ । २२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

पूर्वको झापाबाट पश्चिमको डडेलधुरा जिल्ला जोड्ने उक्त राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । 

यसको कूल लम्बाइ एक हजार २०० किलोमिटर रहेको छ । धरानबाट हेटौँडासम्मको ३०० किमी सडक निर्माण सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा धमाधम कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ । रसस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro