देश
काठमाडौं । रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।
उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए ।
साम्पाङ्ग अहिले खानेपानी मन्त्रालय छिरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्