अर्थ व्यवसाय
-1718633678.jpg)
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ८६ अर्ब ५१ करोड ५८ लाख रुपैयाँको डिजेल र पेट्रोल आयात भएको छ ।
भन्सार विभागका अनुसार उक्त अवधिमा ३२ अर्ब १४ करोड ९३ लाख रुपैयाँको तीन लाख ७२ हजार ४०९ किलोलिटर पेट्रोल आयात भएको हाे ।
त्यस्तै ६ महिनाको अवधिमा ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको ६ लाख १० हजार ९४३ किलोलिटर डिजेल आयात भएको छ ।
डिजेल र पेट्रोल आयातबाट राज्यलाई ४५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ भन्सार राजस्व प्राप्त भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्