अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । नेपाली बजारमा मंगलबार (जेठ २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (जेठ १९) छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १०:४३
प्रतिक्रिया दिनुहोस्