site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक समग्रमा राम्रो रहेको बताएका छन् । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बाढीपहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको उनले उल्लेख गरे । उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरू ‘वेल क्यापिटलाइज’ रहेको जिकिर गरे ।

बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारणले अर्थतन्त्रमा केही ‘स्लो डाउन’ भएको उनले बताए । “...अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ,” उनले भने, “यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ ।”

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताले दीर्घकालसम्म अर्थतन्त्रमा असर पार्ने बताए । अराजकताका यस्ता विषय सधैँ नरहने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro