site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी : एमालेले गर्‍यो संसदीय दलसँग छलफल

विराटनगर । नेकपा (एमाले)को कोसी प्रदेश कमिटीले संसदीय दलसँग छलफल भएको छ । एमाले संसदीय दलको कार्यालय कोसी प्रदेश सभामा सोमबार दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश इन्चार्ज शेरधन राईको उपस्थितिमा छलफल भएको हो ।

हिउँदे अधिवेशन, पार्टी र संसदीय दलबीच हुनुपर्ने समन्वयलगायत विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

कोसी सभाको हिउँदे अधिवेशन सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । सभामा प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।

कोसीमा एमाले सबैभन्दा ठूलो दल हो । अहिले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro