site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धमाधम महिला चरित्रप्रधान चलचित्रमा काम गर्दै सुरक्षा 

काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’को लाइनअप सार्वजनिक हुँदै आएको छ । 

निर्माणपक्षले चलचित्रका कलाकारबारे जानकारी नदिए पनि लाइनअप सार्वजनिक भइरहेको छ । स्रोतका अनुसार सुरक्षा पन्त र आर्यन सिक्देल फाइनल भइसकेका छन् । महिला चरित्र प्रधान सिनेमा रहेकाले चलचित्रमा लिड सुरक्षाले गर्नेछिन् । 

थिम पोस्टरले ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने संकेत गरिसकेको छ । 

‘बुलाकी’पछि सुरक्षाले ‘कोशेढुंगा’मा मुख्य भूमिका निभाउने छिन् । त्यसअघि सुरक्षा ‘बहाव’मा मुख्य भूमिकामा थिइन् । 

संयोगले ‘बुलाकी’ र ‘बहाव’ दुवै चलचित्र महिला चरित्रप्रधान सिनेमा हुन् । ‘कोशेढुंगा’ पनि महिला चरित्रप्रधान सिनेमा हुनेछ । पछिल्लो समय सिनेमामा कमै देखिए पनि मुख्य पात्र र महिला चरित्रप्रधान सिनेमामा उनी काम गर्दै आएकी छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’मा पनि सुरक्षाको अभिनय छ । तर, यसमा उनी मुख्य भूमिकामा छैनन् । 

पौडेलको सोसल ड्रामा ‘कोशेढुंगा’ २०८२ मा रिलिज हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro