site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भिरबाट लडेर महिलाको मृत्यु

काठमाडौं । मकवानपुरमा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । भीमफेदी गापा-३ इचुङ बस्ने अन्दाजी ५३ वर्षीया चमेलीमाया पाख्रिनको घाँस काट्न गएका वेला लडेर मृत्यु भएको हो ।  

चमेली शनिबार घरबाट अन्दाजी ५०० मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा (आफ्नै बारी नजिकै) घाँस काट्न गएकी थिइन् । दिउँसो ४ बजेतिर भिरबाट लडी २०० मिटर तल खसेर उनकाे मृत्यु भएको मृतकका ज्वाइँले टेलिफोनमार्फत इप्रका भीमफेदी मकवानपुरमा जानकारी गराएका हुन् ।

उक्त घटनास्थल इप्रका भीमफेदी मकवानपुरबाट अन्दाजी १३ किमि दक्षिण तर्फ पर्छ । मुचुल्कापश्चात् मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro