अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (जेठ २०) ३५.७३ अंकले घटेको छ । नेप्से परिसूचक २६५८.९३ विन्दुमा बन्द भएको छ ।
यस दिन ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सोमबार (जेठ १९) नौ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
३४ कम्पनीको सेयर मूल्य बढेको छ । २१४ कम्पनीको सेयर मूल्य घटेको छ । पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्