site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैनिक एक गिलास दूध पिउनुस्, क्यान्सरबाट बच्नुस् 
Dabur Nepal
NIC Asia

काठमाडौं । दूध पिउनका निम्ति स्वादिलो मात्रै होइन, शरीरका निम्ति पनि उत्तिकै पोषिलो हुन्छ भन्ने त धेरैलाई थाहा भएकै हो । एक बेलायती अध्ययनले दैनिक एक गिलास दूधको सेवनले आन्द्राको क्यान्सरको जोखिम १७ प्रतिशतले घट्ने पुष्टि गरेको बीबीसीमा उल्लेख छ ।
     
उक्त अध्ययनले धेरै क्याल्सियमयुक्त खाद्य पदार्थ, विशेष गरी दूधले आन्द्राको क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने प्रमाण फेला पारेको छ। स्वस्थ र सन्तुलित आहार, मदिरा र प्रशोधित मासुको सेवन कम गर्नुले क्यान्सरको जोखिम घटाउन निकै मद्दत पुर्याउने अध्ययनले देखाएको छ । 

अध्ययनमा १६ वर्षको अवधिमा आधा मिलियनभन्दा बढी महिलाको आहार विश्लेषण गरिएको थियो, यसले गाढा पात भएका सागसब्जी, रोटी, र क्याल्सियमयुक्त ननडेरी दूधको पनि सकारात्मक प्रभाव देखाएको छ ।
  
तर, अध्ययनले मदिरा र प्रशोधित मासुको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउने देखाएको छ । विशेषज्ञहरूले खराब आहार र मोटोपनलाई यसको प्रमुख कारण मानेका छन्। 

बेलायतमा हरेक वर्ष करिब ४४ हजार आन्द्राको क्यान्सरका केस रिपोर्ट हुन्छन् । वृद्ध मात्र होइन, ५० वर्षमुनिका युवामा पनि यसको दर बढिरहेको छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro