site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला विश्वकपमा यस्तो रह्यो नेपाली टिमको पहिलो खेल (१६ तस्बिर)
तस्बिरहरू : क्यान ।

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकपमा शनिबार नेपाल बंगलादेशसित पाँच विकेटले पराजित भयो । नेपाली महिला क्रिकेट इतिहासमा विश्वकप खेलेको यो पहिलो टिम हो ।

पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १८.२ ओभरमा अलआउट हुनुअघि ५२ रन बनाएको थियो । मलेसियाको बांगीस्थित मैदानमा ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । सिमाना केसीले १० बनाइन् । अरू नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान पूजा महतो दुई रनमा आउट भइन् । अलिशा यादवले चार रन बनाइन् । तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाए । रिया शर्मा पाँच रनमा अविजित रहिन् । नेपालले अतिरिक्त चार रन पाएको थियो ।

Dabur Nepal
NIC Asia

c15-1737197806.jpg
बंगलादेशकी जनाथन माओलाले दुई विकेट लिइन् । अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।

५३ रनको विजयी लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका निम्ति सादिया इस्लामले १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडे ।

बलिङतर्फ नेपालका रचना चौधरी, रिया शर्मा, सिमाना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।

c3-1737197835.jpg
नेपालले यही माघ ७ गते स्कटल्यान्डसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले माघ ९ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल प्रतियोगिताको समूह ‘डी’मा छ । सुपर–६ मा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्छ ।

प्रतियोगिताको यो संस्करणमा कुल १६ टिम सहभागी छन् ।

थप तस्बिर हेर्नोस्–

c12-1737197873.jpg

c8-1737197872.jpg

c9-1737197872.jpg

c10-1737197872.jpg

c11-1737197872.jpg

c5-1737197870.jpg

c6-1737197871.jpg

c7-1737197871.jpg

c2-1737197870.jpg

c4-1737197870.jpg

c16-1737197904.jpg

c14-1737197903.jpg

c13-1737197903.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro