खेल

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका निम्ति बंगलादेशसामु ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बांगीस्थित यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो ।
नेपालका निम्ति ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाइन् । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका निम्ति जनाथन माओलाले दुई विकेट लिइन् । अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए । बंगलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ १४:१४
प्रतिक्रिया दिनुहोस्