site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरका केही स्थानमा आज बिजुली काटिने 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले मर्मत सम्भारलगायतका कामका लागि विद्युुत् कटौती गर्न लागेको हो । 

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत जनाएको छ । 

तोकिएको समयभन्दा अगावै निर्धारित कार्य सम्पन्न भए बिजुली प्रवाह शीघ्र हुने प्राधिकरणले जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro