site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खो खो विश्वकप : नेपाल अपराजित रहँदै समूह विजेता
Tiktok banner adTiktok banner ad

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध सहज जित निकाल्दै नेपाली राष्ट्रिय महिला खो खो टिम भारतमा जारी खो खो विश्वकपको समूह विजेता बनेको छ ।

बिहीबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध ८३–२४ को सहज जित निकालेको हो ।

यो जितसँगै नेपाल समूह ‘सी’ को विजेता बन्यो । तालिकाको शीर्ष स्थानमा रहेको नेपालले लिग चरणमा अपराजित रहँदै चार खेलबाट १२ अंक जोडेको हो ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ८३–२४, दोस्रो खेलमा जर्मनीविरुद्ध ७३–३४ को र तेस्रो खेलमा श्रीलंकाविरुद्ध ११०–१० को सहज जित निकालेको थियो ।

नेपालले अब सेमिफाइनल प्रवेशका निम्ति मध्य पूर्वी एसियाली मुलुक इरानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । इरान समूह ‘ए’ को उपविजेताको रुपमा क्वार्टरफाइनल आएको हो । यी दुई टिमबीचको खेल जनवरी १७ मा हुनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro