site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जय नेपाल ट्रफी क्रिकेटमा आठ टिम सहभागी हुने, विजेतालाई १० लाख

काठमाडौं । जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल विद्यार्थी संघ (नेविसंघ(ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुने पक्का गरेको हो ।

खेल ७ माघबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । "हामीले खुल्ला छनोटबाट टिम छनोट गरेका हौँ । २०० बढी विश्वविद्यालयलाई प्रस्ताव गरेको हौँ," प्रतियोगिताको संयोजक गणेश थापाले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोजकले प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई एकजुट हुने मञ्चको रूपमा लिएको छ । नेपालका चार टोली त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय छन् । भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले सहभागी हुनेछन् । कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । अध्यक्ष दुजाङ शेर्पाले प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने जनाए । पाँच लाख बराबरको पुरस्कार भने विधागततर्फ उत्कृष्टले पाउने अध्यक्ष शेर्पाले जनाएका छन् । आयोजकले प्रतियोगिताको विजेतालाई सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराउने बताएको छ । कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro