site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिपाठीमाथि हातपात : काठमाडौं बारले भन्यो– न्यायपालिकामाथिको आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणको विरोध गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले विज्ञप्ति जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसहितको मुद्दामा वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।

बहस सकेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि आक्रमण भएको थियो । जिल्ला अदालत बारले कानुन व्यवसायीले पेसागत धर्म निर्वाह गर्दा हुने आक्रमणले स्वतन्त्र र निर्भक र सक्षम न्यायपालिकालाई खण्डित गर्ने उल्लेख गरेको छ ।

“कानुन व्यवसायीको आचारसंहिताको पालना गरी पक्षको तर्फबाट बहस पैरवी एवं वकालत गर्नु पेसागत धर्म एवं मर्यादा हो । कानुन व्यवसायीले पक्षको तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्ने मात्र हो, मुद्दाको पक्ष विपक्ष हुँदैनन्,” जिल्ला अदालत बारका अध्यक्ष आरसी बिमलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मिति २०८१।१०।०२ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ‘संगठित रूपमा ठगी गरेको’ मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरूको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृंखल व्यक्तिहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटनाप्रति यस बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ ।”

बारले पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र सक्षम र निर्भीक न्यायपालिकामाथि आक्रमण भएको ठम्याइ गरेको उल्लेख छ ।

“कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्तविपरीतको कार्य हो,” विज्ञप्तिमा भनिएको छ, “अदालतमा पक्षको प्रतिनिधित्व गरी बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई आक्रमण गर्ने जस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro