site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकालाई हराउँदै नेपाली महिला टिम क्वार्टरफाइनलमा

काठमाडौं । भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली महिला टिमले समूह चरणको अन्तिम खेलअगावै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

नेपाली टिमले बुधबार भएको आफ्नो तेस्रो खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकालाई ११०–१० को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा नेपाली महिला टिमको यो लगातार तेस्रो जित समेत हो ।

Dabur Nepal
NIC Asia

तीनमध्ये तीनै खेलमा जित निकालेको नेपाल ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ ।

नेपाली टिमले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ९३–२४ र दोस्रो खेलमा जर्मनीविरुद्ध ७३–३४ को जित निकालेको थियो ।

प्रतियोगिताको समूह ‘सी’ मा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ । यी दुई टिमबीचको खेल बिहीबार नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजेदेखि सुरु हुनेछ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro