site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालसँग ब्राजिलको लज्जास्पद हार  

काठमाडौं । भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली पुरुष टिमले लगातार दोस्रो जित निकालेको छ । 

नेपाली टिमले बुधबार भएको खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १३८–८ ले हराएको हो ।

Argakhachi Cement Island Ad

प्रतियोगिताको पहिलो खेलमा आयोजक भारतसँग पराजित भए पनि त्यसपछि भने नेपालले लगातार जित निकालेको छ ।

पहिलो खेलमा नेपाल भारतसँग ४१–३७ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले पेरुमाथि ८०–३४ को सहज जित निकालेको थियो । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भुटान, ब्राजिल, भारत र पेरु छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्