खेल
काठमाडौं । भारतमा जारी प्रथम खो खो विश्वकपमा नेपाली महिला टिमले लगातार दोस्रो जित निकालेको छ ।
नेपाली टिमले मंगलबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा जर्मनीविरुद्ध ७३–३४ को जित निकालेको हो । त्यसअघि नेपालले आजै भएको पहिलो खेलमा भुटानविरुद्ध ९३–२४ को सहज जित दर्ता गरेको थियो ।
विश्वकपमा नेपाली महिला टिम समूह सी मा छ । यो समूहमा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् ।
विश्वकपमा नेपालको पुरुष टिमले पनि सहभागिता जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ २२:०१
प्रतिक्रिया दिनुहोस्