site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु 

काठमाडौं । देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।
 
२०८१ साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड गरिएको ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ । ती घटनामा ८०७ जना घाइते भएको प्रहरीले जनाएको छ । 

मापसे गरी सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन् । उक्त अवधिमा काठमाडौं उपत्यकामा भएका ३७७ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ३९९ जना घाइते भएका छन् । 

सबैभन्दा कम दुर्घटना कर्णाली प्रदेशमा भएका छन् । उक्त समयमा कर्णाली प्रदेशमा भएका १२ दुर्घटनामा १४ जना घाइते भएका छन् । एकजनाको पनि ज्यान गएको छैन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro