देश

सप्तरी । डाँकाको समूहले सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित एउटा घरमा लुटपाट र एकजनाको हत्या गरेको छ ।
बिहीबार (जेठ २२) राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र उनको हत्या गरेको प्रहरीले जनाएको छ । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ । डाँकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ ०९:१२
प्रतिक्रिया दिनुहोस्