site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकैपटक सीजी डिजिटलका पाँच नयाँ सोरुमको उद्घाटन

काठमाडौं । सीजी डिजिटलले एकैपटक पाँच नयाँ सोरुम उद्घाटन गरेको छ । सीजीले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगन्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

शाखाबाट ग्राहकले रेफ्रिजरेटर, वासिङ मेसिन, एलईडी टीभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायत इलेक्ट्रोनिक्स उत्पादन पाउन सक्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

जहाँ अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू (एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सई, ब्लयाक प्लस डेकर, क्रम्टन, नथिङ र एप्पल आइफोन)लगायत उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आफ्ना सामानहरूको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित सोरुम सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।

दक्ष र अनुभवी सेल्स पर्सनबाट ती सोरुममा भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकले ३० प्रतिशसम्मको विशेष छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीको भनाइ छ ।

नयाँ शाखामा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भएर ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।

यी पाँच वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro