site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युबको ट्रेन्डिङमा के छ ? 

काठमाडौं । युट्युब ट्रेन्डिङमा सर्ट्सले नै अन्य कन्टेनलाई पछि पारेको छ । युट्युबको समग्र ट्रेन्डिङमा सर्ट्सलाई अरु कुनै कन्टेनले उछिन्न सकेका छैनन् । 

एकदेखि ४६ नम्बर ट्रेन्डिङसम्म सर्ट्स भिडियो छन् । ४७ नम्बरमा चलचित्र ‘दर्शनस् काटेर’ छ । लामो समयदेखि युट्युब ट्रेन्डिङमा सर्ट्सलाई अरु कन्टेनले उछिन्न सकेका छैनन् । सर्ट्समा बालबालिकालक्षित कन्टेन हुन्छन् । 

मुभी सेक्सनमा ‘सिकन्दर’को टिजर छ । सलमान खानको चलचित्र ‘सिकन्दर’को यो टिजर दुई हप्ताअगाडि सार्वजनिक भएको थियो । यो अहिलेसम्म युट्युबको मुभी सेक्सनको पहिलो नम्बरमा छ । 

दुई नम्बरमा ‘कार्साङ’को टिजर छ । ट्रेलर आउट भएको केही समयपछि नै दुई नम्बरमा आइपुगेको ट्रेलर अहिलेसम्म दुई नम्बरमै छ । 

युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको पहिलो नम्बर दुर्गेश थापाको गीतले ओगटेको छ । ‘दुस्मन हेरेको हेरै...’ बोलको गीत छ । यो गीत १३ दिनअगाडि रिलिज भएको हो । 

दुई नम्बरमा ‘ऊनको स्वीटर’को गीत छ । ‘मखमली’ बोलको गीतमा सुजन चापाईंको स्वर छ । दुई हप्ताअगाडि सार्वजनिक भएको यो गीतको भिडियो रिलिजको छोटो समयमै दुई नम्बर ट्रेन्डिङमा आइपुगेको थियो ।    

युट्युबको गेमिङ सेक्सनमा ‘फाइनल गेमिङ’को भिडियो ट्रेन्डिङको एक नम्बरमा छ । दुई नम्बरमा ‘टोनडे गेमर’को भिडियो गेम छ । 

यी दुईवटै भिडियो दुई दिनअगाडि अपलोड भएका हुन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro