site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वसभामुख सापकोटाको प्रश्न– के कारणले संसद् नबोलाइएको हो ?

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू सभामुख हुँदा र अरू बेला पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको स्मरण गरे ।

"म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुलदुली छ," उनले भने ।

Dabur Nepal
NIC Asia

उनले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै विषयको सन्देश प्रवाह गर्ने बताए । संसद्‌बाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसद्लाई बन्द गर्न नहुने उनको भनाइ छ ।

"संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्छ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसद्‌बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभामुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नहुँदैन," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro