site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंक र एनसीएचएलबीच अलिपेप्लसमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको साझेदारीमा अलिपेप्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

यो सेवामार्फत अलिपेप्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । अलिपेप्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्तरओपरेबल क्यूआरलाई अलिपेप्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउने बताइएको छ ।

नेपालपे क्युआरमार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्सहरू अलिपे, अलीपे एचके, तिनादा, एमपे, टच एण्ड गो वालेट, माइपीबी, हाइपे, सीक्यास, चङगीपे, ओसीबीसी डिजिटल, काकाओपे, नेभर पे, टस पे र ट्रुमनीबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro