site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले सातबुँदे सहमतिको अपमान गरे : कांग्रेस नेता केसी 

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् । 

पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सातबुँदे सहमतिकै अपमान भएको बताएका हुन् । 

संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्किए पनि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताए । केसीले संविधान संशोधनका लागि संसद्भित्र रहेका दलमात्रै नभई सबैपक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । 

दुईदलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिए । एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा ०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए । 

यसअघि बुधबार झापामा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro